लामो दुरीको यातायात असोज १ देखिनै खुल्ने

काठमाडौं ३० भदौ, ।

असोज १ गतेदेखि लामो दुरीको यातायात सञ्चालनमा आउने भएको छ ।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लामो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

व्यवसायीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषद्को निर्णय  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्वजनिक गरेका हुन् । यद्यपी बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ ।

सरकारले गत चैत्र ११ गतेबाट लकडाउन गरेयता लामोदुरीका सवारी सञ्चालनमा रोक लगाएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया