काठमाडौं – कोरोना भाइरसका कारण स्थगित भएका लोक सेवा आयोगका परीक्षा आउँदो पुस १५ गतेबाट पुनः सुरु गर्नेगरी परीक्षाको कार्यतालिका प्रकाशित गरेको छ । स्थगित परीक्षा अब लगातार सञ्चालन हुने भएका हुन् ।
आयोगका अनुसार गत वर्ष स्थगित परीक्षा अब लगातार सञ्चालन हुने र परीक्षा सकिन चैत–वैशाखसम्म लाग्न सक्ने भएका छन् । गत वर्षका परीक्षा सकिए लगत्तै यस वर्ष लिनुपर्ने परीक्षा सुरु हुने आयोगले जनाएको छ ।