२०८२ फाल्गुन ५ | Feb 17, 2026

वरिष्ठ पत्रकार भैरव रिसालको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २५
|
357 views

काठमाडौँ । साहित्यकार तथा वरिष्ठ पत्रकार भैरव रिसालको ९६ वर्षको उमेरमा निधन भएको छ ।

राष्ट्रिय समाचार समितिका पूर्वप्रमुख समाचारदाताको जिम्मेवारीसहित मानवअधिकार र वातावरण संरक्षणका क्षेत्रमा अमूल्य योगदान पु¥याउनुभएका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा गएराति ९७ वर्षको उमेरमा निधन भएको थियो । उहाँ लामो समयदेखि मुटु र फोक्सोसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।

उहाँको दुःखद निधनको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय रिसालप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो, त्यही भेट अन्तिम हुन पुग्यो, उहाँको हिजो निधन भएको खबर सुनेर मर्माहत छु, वरिष्ठ पत्रकार भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया