२०८२ कार्तिक २३ | Nov 09, 2025

वसन्तपुरमा सामूहिक भाइटीका

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक ६
|
1.1k views

ललितपुर विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा अञ्जली मास्केले २०८ दाजुभाइलाई २७औँ वर्षको सामूहिक टीका लगाइदिनुभएको छ । दिदीबहिनी नभएका दाजुभाइलाई मास्केले २०५५ सालदेखि दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै भाइटीका लगाइदिँदै आउनुभएको छ । जातपात नहेरी भाइटीका गर्न नपाएकालाई टीका लगाइदिएर संस्कृति र संस्कार बचाउँदै आएको उहाँले राससलाई जानकारी दिनुभयो । मास्केले २०७१ सालको तिहारसम्म काष्ठमण्डपमा सामूहिक रुपमा टीका लगाइदिनुहुन्थ्यो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले काष्ठमण्डप भत्केपछि भने उहाँले मरुसत्तलमा टीका लगाउन थाल्नुभएको हो । काष्ठमण्डप पुनःनिर्माण सम्पन्न भए पनि विवादका कारण नखुलेपछि उहाँले मरुसत्तलमै टीका लगाउने कार्यलाई निरन्तरता दिँदै आउनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया