२०८२ माघ १० | Jan 24, 2026

वाणिज्य विभागको कारवाहीमा परे उपत्यकाका तीन होटल

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ८
|
7.8k views

ललितपुर । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यका केन्द्रित ४६ वटा होटेल तथा रेष्टुरामा अनुगमन गरेको छ । नियमित रुपमा पछिल्ला दिनमा बजार अनुगमन गरी स्वच्छता कायम गराउन अग्रसर विभागले गरेको अनुगमनमा उपत्यकाका तीनवटा फर्म नगद जरिवानासहित कारबाही परेका छन् ।

विभागले उपलब्ध गराएको विवरणअनुसार होटल ब्लिस्फुल प्रालि कोटेश्वर काठमाडौँलाई रु ५० हजार, गोल्मादेवी भोजनालय एण्ड लजलाई रु पाँच हजार र चडेश्वरी नेवारी खाजा घर कोटेश्वरलाई रु पाँच हजार जरिवाना गरेको छ । ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरिएको हो ।

यस्तै, विभागले अन्य ११ फर्मको स्थलगत अनुमगन तथा निरीक्षण गरेर सुधारात्मक निर्देशन दिएको छ । विभागले कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउने र कानुन कार्यान्वयन गराउने उद्देश्यका साथ नियमित रुपमा बजार अनुमगन गरिरहेको स्पष्ट पारेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया