
ललितपुर । वित्तीय प्रणालीमा अधिक तरलता जम्मा भएपछि नेपाल राष्ट्र बैंकले आज (आईतवार) पनि बजारबाट ४५ अर्ब निक्षेप संकलन गर्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत आज राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । पछिल्लो एक वर्षदेखि केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत वित्तीय प्रणालीबाट यसरी तरलता खिच्दै आएको छ ।
निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत् राष्ट्र बैंकले वित्तीय प्रणालीमा थुप्रिएको उक्त निक्षेप तान्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार आइतबार अर्थात् असार २२ गते दिउँसो ३ बजे अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिएको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । सावाँ ब्याज भुक्तानी आजै हुने राष्ट्र बैंकले जनाएको छ ।
यसअघि राष्ट्र बैंकले असार १५ गते पनि बजारबाट ३० अर्ब रुपैयाँ उठाएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया