२०८२ असार २६

ललितपुर । प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित गर्ने तयारी गरेको भए पनि अन्तिमा आएर पारित हुनबाट रोकिएको छ ।
अब कहिले बैठक बसेर पारित गर्ने तय भएको छैन । शिक्षामन्त्री र काँग्रेस प्रमुख सचेतक घिमिरेको अनुरोधपछि पारित हुनबाट रोकिएको हो ।
सरकारले विधेयक पारित गर्नका लागि समय मागेपछि र काग्रेस प्रमुख सचेतकको अनुरोधपछि विधेयक पारित हुनबाट रोकिएको हो ।
सोमबारको बैठकमा शिक्षामन्त्री पन्तले शिक्षक महासंघसँग सहमति जुट्न नसकेकोले केही समय बैठक स्थगित गर्न प्रस्ताव राखेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया