२०८२ असार २६

ललितपुर । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकमा भएको चलखेलबारे छानबिन गर्न संसदीय समिति गठन गर्न सिफारिस गरेको छ ।
आज बसेको समितिको बैठकले उच्चस्तरीय संसदीय समितिबाट छानबिन गर्ने व्यवस्था मिलाउन सभामुखलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
बैठकले कुलिङ पिरियडसम्बन्धी व्यवस्थालाई समितिले पास गरेको भावनाअनुसार प्रतिवेदनको बुँदा ४३ लाई आवश्यक संशोधन गर्ने व्यवस्था मिलाइदिन राष्ट्रियसभालाई अनुरोध गर्ने पनि निर्णय गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया