२०८२ मंसिर २१ | Dec 07, 2025

विन नेपाल लघुवित्त चैत २१ गतेदेखि एफपीओ बिक्री गर्दै

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र १५
|
204 views

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ ।

विनले चैत २६ गतेसम्म आवेदन दिन सकिने जनएको छ । सो अवधि पूर्ण सबै सेयर बिक्री नभएमा वैशाख ४
गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

उक्त शेयरमा लघुवित्तले ५१ लाख २९ हजार २०० रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको जानकारी गरएको हो ।
जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२।५० कित्ता सेयर निष्कासन गर्न
लागेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३०
प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा
वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । क्रेडिट रेटिङ
संस्था इक्रा नेपालले यस एफपीओलाई एनपी सिंगल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय
दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया