विजनेस पाटी सम्वाददाता
ललितपुर । नेपाली काँग्रेस आज परिवर्तनको बहसबाट भाग्न सक्ने अवस्थामा छैन। लगातारको चुनावी असफलता, संगठनात्मक कमजोरी र नेतृत्वप्रतिको बढ्दो असन्तोषले पार्टीलाई निर्णायक मोडमा ल्याइपुर्याएको छ। यस्तो अवस्थामा विशेष महाधिवेशनको प्रस्ताव आएको हो। तर प्रश्न स्पष्ट छ— यो महाधिवेशन परिवर्तनको ढोका खोल्नका लागि हो कि नेतृत्व जोगाउने अन्तिम प्रयास ?
काँग्रेसको समस्या नीति वा सिद्धान्तको होइन, नेतृत्वको निर्णय शैलीको हो। गुटगत सन्तुलन र पद व्यवस्थापनमै सीमित नेतृत्वले संगठन विस्तार र जनसम्पर्कलाई प्राथमिकतामा राख्न सकेन। यसको परिणाम चुनावी नतिजामा देखिइसकेको छ।
विशेष महाधिवेशनले यदि नेतृत्वको समीक्षा र जवाफदेहितालाई एजेन्डा बनाउन सकेन भने त्यो अवसर गुमाउनु मात्र होइन, पार्टीका लागि दीर्घकालीन क्षतिको कारण बन्न सक्छ। परिवर्तनको बहस दबाएर पार्टी बलियो हुँदैन।
नेपाली काँग्रेसको इतिहास नेतृत्व जोगाउने होइन, समयअनुसार परिवर्तन गर्ने साहसको इतिहास हो। विशेष महाधिवेशन त्यसैको परीक्षा हो।


















फेसबुकबाट तपाईको प्रतिक्रिया