२०८२ मंसिर २४ | Dec 10, 2025

विशेष महाधिवेशनको विकल्प छैन, गगन थापा

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर ८
|
816 views

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका लागि विशेष महाधिवेशनको विकल्प नरहेको बताएका छन् । उनले पार्टीले नयाँ सपापतिको हस्ताक्षरमा चुनाव लड्ने स्पष्ट पारे ।

महामन्त्री थापाले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत् पार्टीमा अब विशेष महाधिवेशनको विकल्प नरहेको बताएका हुन् । फेसबुकमा उनले लेखेका छन्, “अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।”

थापाले अब पार्टीले नयाँ सभापति पाउने र यसमा कोही पनि अलमलनमा नपर्न समेत आग्रह गरेका छन् । उनले भने, “यही कारणले हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन, कुरा स्पष्ट छ, अलमलमा नपरौं।”

कार्यकर्ताहको पार्टीले वर्तमान सभापतिकै हस्ताक्षरमा चुनाव लड्ने भएको होरु भन्ने प्रश्नको जवाफमा उनले विशेष महाधिवेशन मार्फत् पार्टीले नयाँ सभापति पाउने स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया