एजेन्सी – विश्व कप युरोपियन छनोटमा इङ्ग्ल्यान्डले लगातार जित निकालेको छ ।
वेम्बलीमा इङ्ग्ल्याण्डले लात्भियालाई सोमवार ३-० ले पराजित गर्यो । थोमस टुचेलले इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षकका रूपमा लगातार दोस्रो जित प्राप्त गरे।
फिफा वरियताको १ सय ४०औं स्थानमा रहेको लात्भियाविरुद्ध गोलका लागि संघर्ष गर्यो ।
चेल्सीका कप्तान रिस जेम्सले ३८ औं मिनेटमा झन्डै २० यार्डबाट फ्रि-किकमा गोल गरे । जेम्सले सन् २०२२ सेप्टेम्बर पछि पहिलो पटक इङ्ग्ल्यान्डका लागि गोल गरेका हुन् ।
कप्तान ह्यारी केनले डेक्लान राइसको क्रसमा ६८औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए । लेनको आफ्नो १ सय ५ अन्तर्राष्ट्रिय खेलमा त्यो ७१औं हो ।
खेल सकिन १४ मिनेट बाँकी रहँदा इबेरेची इजेले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेपछि इङ्ग्ल्यान्डको जित सहज बन्यो।
इङ्ग्ल्यान्ड पुरुष टोलीका लागि पहिलो दुई प्रतिस्पर्धात्मक खेल जित्ने फाबियो कापेलो (सन् २००८) पछि टुचेल पहिलो प्रशिक्षक बनेका छन् ।
समूह केमा इङ्ग्ल्यान्ड ६ अंकसहित शीर्ष स्थानमा छ। अल्बानिया र लात्भियाको समान ३ अंक छ। सर्बिया र एन्डोरा अंकविहिन छन् ।