लखनउ । विहीबार बिहान डुडिरहेको स्लीपर एसी बसमा एकाएक आगलागी हुदाँ बसभित्र रहेका ५ जना यात्रुको जिउँदै जलेर मृत्यु भएको छ । बसमा एकाएक आगालागी हुँदा बसभित्र रहेका आमा–छोरी, बाबु–छोरी रहेका छन् । बसमा करिब ८० यात्रु सवार थिए । बस बिहारबाट दिल्ली गइरहेको बेला सो आगलागी भएको हो ।
मोहनलालगञ्ज नजिकैको बाहिरी चक्रपथ (किसानपथ) मा विहीबार बिहान करिव ५ बजे सो आगलागी भएको हो । बसमा सवार करिव ८० जना यात्रुमध्ये ५ जनाको सुछिरहेकै अवस्थामा जलेर मृत्यु भएको अन्य यात्रुले बताएका छन् । बसमा एकाएक आगो लागेपछि बस भित्र भागदौड भएको थियो । बसका चालक र कन्डक्टर जलेको बस छोडेर भागेका थिए । चालकको सिट नजिकै अतिरिक्त सिट थियो। यस्तो अवस्थामा यात्रुलाई ओर्लन समस्या भएको छ । धेरै यात्रु फसे र लडेका थि, लखनउ प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार वरपरका मानिसहरूले प्रहरी र दमकललाई खबर गरेका थिए। दमकलको गाडी आइ पुग्दासम्म बस पुरै जलिसकेको थियो । दमकलले करिब ३० मिनेटमा आगो निभाएको थियो । लखनउ प्रहरीको प्रारम्भिक अनुसन्धानमा बसको आकस्मिक गेट नखुले पछि सो ठुलो दुर्घटना भएको हो । जसका कारण पछाडी बसेका मानिसहरु अलपत्र परेर आगलागीको चपेटामा परेका थिए ।