अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिसम्बन्धी अनिश्चितताका कारण गत महिना अमेरिकी उत्पादनमा आएको मन्दीले यस क्षेत्रमा तरङ्ग ल्याएको बिहीबार प्रकाशित सर्वेक्षण तथ्याङ्कले देखाएको छ । अमेरिकी राष्ट्रपतिले अप्रिलको सुरुमा अधिकांश देशहरूविरुद्ध व्यापक करहरू सार्वजनिक गर्नुभएको थियो तर धेरै राष्ट्रहरूको सन्दर्भमा उहाँले कर वृद्धिको मार्ग परिवर्तन गर्नुभएको छ यद्यपि यो चीनका लागि भने लागु भएको छैन अर्थात् चीनले लिएको प्रतिशोधको बदलामा राष्ट्रपति ट्रम्पले कर वृद्धिलाई कुल १४५ प्रतिशतसम्म पुर्याउनुभएको छ । करको अस्थायी स्थगनपछि के हुने भन्ने आगामी अनिश्चितताले वित्तीय बजारमा भ्रम सिर्जना गरेको छ, जसले विश्वव्यापी अस्थिरतालाई बढावा दिएको छ।
यसको प्रभाव अमेरिकी सामानहरूमा समेत परेको छ । इन्स्टिच्युट फर सप्लाई म्यानेजमेन्ट (आईएसएम) को उत्पादन सूचकाङ्क अप्रिलमा ४८.७ प्रतिशतमा झरेको छ, जुन मार्चमा यसको स्तरभन्दा निकै तल छ र विस्तार र सङ्कुचनलाई छुट्याउने ५० अङ्कभन्दा तल छ । ब्रिफिङ डट कमकाअनुसार यो बजारको सहमतिभन्दा केही राम्रो थियो । आईएसएम सर्वेक्षण प्रमुख टिमोथी फियोरले एक प्रतिक्रियामा भन्नुभयो, “माग र उत्पादन पछि हटेको छ र अधिक कर्मचारी कटौतिको कार्य जारी छ । सम्बन्धित कम्पनीहरूले अज्ञात आर्थिक वातावरणको प्रतिक्रिया दिएका छन्। उहाँले भन्नुभयो, “करका कारण मूल्य केही बढेको छ, जसले गर्दा नयाँ माग आउने ब्याकलगहरू, आपूर्तिकर्ता डेलिभरीमा मन्दी र विनिर्माण सूची वृद्धि भएको छ।”