काठामडौं । विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै राजधानी केन्द्रित शिक्षकहरूको आन्दोलनले आज २३ औं दिन पार गरिसकेको छ । शिक्षक्षरूको आजको आन्दोलन बिहान ११ बजे माइतीघर मण्डलाबाट सुरु भएर दिउँसो २ बजे बानेश्वरमा समापन हुने जनाइएको छ । २ बजेपछि भने शिक्षकहरूले सडकमै रक्तदान कार्यक्रम गर्ने भएका छन् ।
शिक्षक आन्दोलन २३ औं दिनसम्म पुग्दा पनि सरकारले जायज र सम्भव हुने मागहरू सम्बोधनमा उदासिनता देखाउनु र उल्टै शिक्षक आन्दोलनप्रति उपहास गर्नु र नकारात्मकता देखाउनु बिडम्बनापूर्ण र खेदजनक भएको भन्दै शिक्षकहरु सडकमै कराइरहेका छन् । शिक्षकहरूको आत्मसम्मान, पेशागत हक, हित र अधिकारको सुनिश्चितता गरी तत्कालै विद्यार्थीहरूले पढ्ने वातावरण निर्माण गर्न सम्बन्धित सबैको ध्यानाकर्षण होस् भन्दै शिक्षकहरु सडक आन्दोलन गरिरहेका छन् । विद्यालय बन्द गरेर शिक्षकहरु सडकमा बस्नु परेको यस्तो संवेदनशिलतालाई समयमै बुझ्न र गम्भीर हुन सरकार र राजनीतिक दलहरूलाई आग्रह गर्दै शिक्षकहरु आन्दोलनरत छन् ।
तस्वीरमा यस्तो देखियो आजको माइतीघर–बबरमहल क्षेत्रको दृश्य