२०८२ असार २६

ललितपुर । संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको रिटमाथिको बहस सकिएसँगै संवैधानिक इजलासले फैसला सुनाउने मिति तोकेको छ ।
बिहीबार बहस सकिएपछि दुवै पक्षका वकिलहरूलाई यही जेठ १६ गतेभित्र बहस नोट पेस गर्न आदेश भएको छ भने जेठ २८ गतेका लागि फैसला सुनाउने मिति तय भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीश सपना मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा मुद्दाको सुनुवाइ भएको हो । २०७७ मंसिर ३० र त्यसपछि गरेर तत्कालीन प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न संवैधानिक आयोगमा ५२ जना पदाधिकारी सिफारिस गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया