ललितपुर । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा विभिन्न संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारीहरुको नियुक्ति विरुद्धको मुद्दाको निर्णय आज सुनाउदै छ ।
सर्वोच्चले करिब साढे ४ वर्ष पुरानो बहुचर्चित मुद्दामा आज निर्णय सुनाउन लागेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासले १ जेठमा मुद्दाको सबै सुनुवाइ सकेपछि आजका लागि निर्णय सुनाउने मिति तोकेको थियो ।
विवादको विषयवस्तुमा जोडिएको संवैधानिक प्रश्नको निरुपणका लागि अदालतले दिने फैसलालाई चासोका साथ हेरिएको छ ।