ललितपुर । राष्ट्रियसभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको यो प्रस्तावलाई सभाले सर्वसम्मतिबाट स्वीकृत गरेको हो ।
बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाण्ीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका थिए । राष्ट्रियसभाको अर्को बैठक आगामी जेठ ५ गते सोमबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
काठमाडौँ, ३० वैशाखः
राष्ट्रियसभा बैठकमा मङ्गलबार आर्थिक वर्ष २०८२र८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक० माथि छलफल प्रारम्भ । तस्बिरः रत्न श्रेष्ठररासस