काठमाडौँ । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सोमबारदेखि छलफल प्रारम्भ हुँदैछ ।
यसअघि शुक्रबार अर्थात् वैशाख १९ गते प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरेका थिए । उक्त सम्बोधनका क्रममा उल्लेखित नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
कार्यसूची अनुसार प्रतिनिसभाको बैठक विहान ११ बजे बस्दैछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्ने तय भएको छ ।
आगामी आर्थिक वर्षको सरकारको उक्त नीति तथा कार्यक्रममाथि सदस्यबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
उक्त कार्यसूचीअनुसार, त्यसका लागि प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजे बस्नेछ । राष्ट्रियसभामा भने सरकारको उक्त नीति तथा कार्यक्रममाथिको छलफल आइतबारबाटै प्रारम्भ भइसकेको छ । आजको बैठकमा पनि उक्त कार्यक्रममाथि छलफल हुनेछ । राष्ट्रियसभाको बैठक दिउँसो १ः १५ बजे बस्ने कार्यसूची छ ।