काठमाडौँ, ६ वैशाख : सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनबाट अध्यक्ष कमला पन्थी विजयी हुनुभएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ विजयी हुनुभएको हो । त्यस्तै, सदस्यहरू कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी विजयी हुनुभएको हो । सञ्चारिकाको नवौँ महाधिवेशनका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार उद्घाटन गर्नुभएको थियो ।
सञ्चारिकाको अध्यक्षमा पन्थी

Previous Articleसबै वडामा आफ्नै भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका
Next Article पूजाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग