२०८२ असार २६

ललितपुर । विधानतः हरेक दुई महिनामा बस्नुपर्ने सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदैछ । यो बैठक ९ महिनाको अन्तरालपछि बस्न लागेको हो ।
दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा विभिन्न एजेन्डाहरूमाथि छलफल हुने काङ्ग्रेसले जनाएको छ । बैठकमा प्रदेश सरकारमा रहेका मन्त्रीहरूले पनि आ–आफ्नो मन्त्रालयले गरेका कामहरूको जानकारी गराउने छन ।
बैठकमा समसामयिक राजनीतिक विषय सङ्गै भातृ संस्थाको म्याद थप, सरकारको कामको समीक्षा, क्रियाशील सदस्यता वितरण लगायतका एजेण्डामा छलफल हुने जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया