⁃ जयराम बिडारी
ललितपुर २५ पौष, २०८०
‘’कुखुराको मासु र अण्डाको परिकार स्वस्थ्य जीवनको आधार’’ भन्ने मूल नाराका साथ भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र ललितपुरको आयोजनामा सप्ताहव्यापी ११औं राष्ट्रीय पोल्ट्री दिवसका अवसरमा शृङ्खला मासिक तथा स्टार एक्सप्रेसका प्रधान सम्पादक प्रवीण जोशी तथा नयाँ स्वाभिमानका सम्पादक कृष्ण प्रसाद चापागाईं सम्मानित भएका छन् ।
कृषि तथा पशुपन्छी विकाश मन्त्रालय अन्तर्गतका निर्देशनालय एवं मातहतका कार्यालय मार्फत कुखुराको स्वस्थ्य मासु तथा अण्डाको पौष्टिकताका बारे जनचेतना अभिवृद्धि गरि यस सम्बद्ध सरोकारवाला कुखुरापालक व्यवसायी हरुलाई आर्थिक समुन्नतिमा टेवा पुर्याउने उद्देश्यले २०७० देखि निरंतर रुपमा संचालन गरिएको राष्ट्रिय पोल्ट्री दिवस तथा पशुजन्य पदार्थ उपभोग प्रवर्द्धनको ११औं शृंखला अन्तर्गतको कार्यक्रमलाई प्रभावकारी भूमिका निभाएकाले समापनका अवसरमा उक्त सम्मान गरिएको हो ।
उक्त कार्यक्रम भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्र ललितपुरका बरिष्ठ पशु विकास अधिकृत डा।रामप्रकाश प्रधानको अध्यक्षता तथा केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरकी सह सचिव डा। शर्मिला चापागाईंको प्रमुख आतिथ्यता एवं भेटेरिनरी अस्पताल तालिम केन्द्र, ललितपुरका निमित्त प्रमुख वासुदेव नाथ, एवं नेपाल भेटेरिनरी एसोसिएशनकी केन्द्रीय सदस्य मलिशा श्रेष्ठ लगायत उपत्यकाका २१ पशु सेवा शाखा का प्रतिनिधिको सहभागीतामा सम्पन्न गरिएको थियो ।
राष्ट्रीय गान बजाएर शुभारम्भ गरिएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथिद्वारा व्यानर पढेर गरिएको थियो । उक्त कार्यक्रममाा सोही कार्यालयका प्राविधिक अधिकृत होमबहादुर थापाले स्वागत मन्तव्यका क्रममा स्वस्थ्य जीवनयापनका लागि स्वस्थ्य मासुका परिकार तथा अण्डाको प्रयोगमा व्यापक जनचेतनमा अभिवृद्धि गर्न सक्दो प्रयास गर्नु कार्यक्रमको प्रमुख लक्ष रहेको बताएका छन् ।

उक्त कार्यक्रममा अध्यक्षता जनाएका रामप्रकाश प्रधानले कार्यपत्र प्रस्तुत गर्दै बागमती प्रदेश अन्तर्गत काठमाण्डौ,भक्तपुर र ललितपुरका ३ जिल्ला २१ स्थानीय तहमा मात्रै कुल मासु उत्पादन ६२,६८,५०८केजी रहेकोमा हाँस र कुखुराको मासु उत्पादनको हिस्सा २७,२६,८०० केजी ओगटेको तथ्यांक प्रस्तुत गर्दै अण्डा उत्पादनको मात्रा १७,५३,८३,५०६ गोटा रहेको जानकारी गराउंदै कार्यक्रम सफल पार्न विविध कार्ययोजना बनाई ८ सामुदायिक विद्यालयका २४११विद्यार्थी लाई ७६२० सरकारी अस्पतालका ६६ विरामीलाई २१०, २ वटा इटा उद्योगका २६५ मजदुरलाई १४०० तथा २ बृद्धाश्रमका ५५ विरामीलाई ४२० गरि उक्त कार्यक्रमबाट जम्मा २,७९७ व्यक्ति लाभान्वित भएको र ९६५० गोटा अण्डा वितरण गरिएको जानकारी गराए ।
उक्त कार्यक्रममा शृङ्खला मासिक तथा स्टार एक्सप्रेसका प्रधान सम्पादक प्रवीण जोशी तथा नयाँ स्वाभिमानका सम्पादक कृष्ण प्रसाद चापागाईं सम्मानित भएका छन् । सो कार्यक्रममा समानानित जोशीले हतारको साहित्य भनिने पत्रकारिताका क्षेत्रमा आफूले प्राप्त सम्मानले थप जिम्मेवारीका साथ अघि बढ्न प्रेरित गरेको बताएका छन् । कार्यक्रमको क्रममा चन्द्रागिरी नगरपालिका पशु सेवा शाखा प्रमुख बद्रीनाथ पौडेल,गोदावरी नगरपालिकाका प.से शाखा प्रमुख ईश्वरप्रसाद घिमिरे चाँगु नारायण नगरपालिका प.से.शाखा प्रमुख खड्क कुमार मैनाली, बागमती गाऊँ पालिका प। से। प्रमुख रामप्रसाद अधिकारीले
अन्तरक्रियामा भाग लिंदै स्वस्थ्य मासु तथा अण्डा सेवनका क्रममा पशु स्वास्थ्य अवस्था लगायत भ्याक्सिनेसनका प्रभाव र असरका बारेमा ध्यान दिनुपर्ने बताउँदै आगामी कार्यक्रम थप प्रभावकारी बनाउनका लागि सुझाव दिएका थिए ।
सो कार्यक्रममा भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्र ललितपुरका बरिष्ठ पशु विकास अधिकृत बासुदेव नाथले आगामी दिनमा पशु पालक किसानको उत्थानका लागि साताव्यापी रुपमा मात्रै नभई सहकार्य समन्वय र सहअस्तित्वको आधारमा निरन्तरता दिनुपर्ने कुरामा जोड दिएकाा छन् । यसैक्रममा प्रमुख अतिथि शर्मिला चापागाईंले सरकार र सरोकारवाला पक्ष एउटै डुङ्गामा यात्ररत रहेपनि कतिपय कुरामा कार्यान्वयन पक्षमाा जटिलता उत्पन्न रहेको जनाउंदै कुनै पनि दिवस साङ्केतिक रुपमा मनाउने भए तापनि यसलाइ निरन्तरता दिन सकेमा लक्ष हासिल गर्न सहज हुने बिचार ब्यक्त गरेकी छन् ।
यहि पौष १७ देखि २४ सम्म चलेको साताव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन नमुना मच्छिन्द्र मा। वि।लगनखेल हुंदै क्रमशस्
मध्यपुर थिमि नगरपालिका–८ स्थित बोडे मा। वि। तथा सोही ठाउँमा रहेको श्री द्योमां जगत बृध्दाश्रम, मनासिक अस्पताल लगनखेल, का साथै ललितपुर महानगरपालिका–२८, हरिसिद्धिस्थित त्रिशक्ति इट्टा उद्योगका श्रमिक लगायत कर्मचारी का साथै काठमाडौं पञ्चकन्या मा। वि। बुढानिलकण्ठका विद्यार्थीका साथै टोखा नगरपालिका २ स्थित चण्डेश्वरी मा।वि। गोदावरी नगरपालिकास्थित श्री चण्डीदेवी आधारभूत विद्यालय डुकुछापका विद्यार्थीहरुको पोषण सुधारका निमित्त अण्डा वितरण गरि मासु र अण्डाको पौष्टिकताका बारेमा बिषद् विवेचना गरिएको थियो ।
कार्यक्रमका अध्यक्षता गरेका भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्र ललितपुरका बरिष्ठ पशु विकास अधिकृत डा.रामप्रकाश प्रधानले अन्तरक्रियाका क्रममा अभिव्यक्त भएका जिज्ञासा तथा सुझावलाई सम्बोधन गर्दै कतिपय नीतिगत कुरामा कार्ययोजना बनाउन लागि तीनै तहका सरकारलाई सुझाव दिएर सहकार्य गर्न प्रभावकारी भूमिका खेल्ने बताउँदै दिवसका क्रममा मात्र नभई आफ्नो क्षेत्रबाट इमान्दारीताका साथ चौपाया पशुहरुमा भ्याक्सिन लगाउन शुरवात गरि १७ हजार पशुमा भ्याक्सिन लगाई सकिएको बताउंदै कतिपय सुझावलाईा दुग्ध दिवसका क्रममा समन्वय र कार्यान्वयन गरिने बताएका छन् । कार्यक्रमको सहजकर्ताको भूमिका सोही कार्यालयका अधिकृत कृष्ण कार्कीले कुशलता पूर्वक निभाएका थिए ।