सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाण्डौ १४ जेठ २०७९ ।

सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बैठकबाट बहुमतले पारित भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच दलीय गठबन्धन सरकारको तर्फबाट पेश गरेको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको प्रधानमन्त्री देउवाले शनिबारको बैठकमा जवाफ दिएसँगै पारित भएको हो। राष्ट्रपति भण्डारीले गत जेठ १० गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गरेका थिए ।

प्रतिनिधिसभाको शनिबारको दोस्रो बैठकमा नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। बैठकमा सभामुख अग्नि सापकोटाले नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरे लगत्तै सांसदहरुको बहुमतले पारित गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया