
ललितपुर । नागरिक उन्मुक्ति पार्टी (नउपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । हिजो बसेको संसदीय दलको बैठकले नउपा सरकारबाट बाहिरिने र वर्तमान सरकारबाट आफ्नो समर्थन फिर्ता निर्णय गरेको हो ।
नउपाले सरकारबाट आफ्नो समर्थन फिर्ता लिएका पत्र आजै संसद सचिवालयमा दर्ता गर्ने र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले प्रधानमन्त्रीसमक्ष राजीनामा दिने तयारी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली हुम्लाबाट फर्केपछि राज्यमन्त्रीले उनलाई राजीनामा पत्र बुझाउने तयारी छ ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले विहीबार अर्थात् असार १९ गते पदबाट बर्खास्त गरेका थिए । पार्टीसँग कुनै सल्लाहै नगरीकन, बिना कारण आफ्नो मन्त्रीलाई हटाएको भन्दै नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारबाट पनि आफ्नो समर्थन फिर्ता लिइसकेको छ ।
हाल प्रतिनिधिभासभा नागरिक उन्मुक्ति पाटी चार सांसद छन् । नाउपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता हुने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया