२०८२ कार्तिक २३ | Nov 09, 2025

सरकारले उचित वातावरण बनाए निर्वाचनमा सहभागी हुन्छौँः कावा सभापति खड्का

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक ४
|
765 views


ललितपुर । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले उचित वातावरण बनाए आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने बताएका छन् ।

सुर्खेतमा आज आयोजित पूर्वपार्टी सभापति गोविन्दबहादुर मल्लको १३औँ पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा उनले चुनावका लागि बन्नुपर्ने सबै वातावरण बने पार्टी चुनावमा जान तयार रहेको बताएका ह्न् । हालसम्म सरकारले चुनाव गराउने भरपर्दो कामहरू भने नगरेको कावा सभापति खड्काको भनाइ थियो ।

सरकारले चुनाव गराउने हो भने पवित्र उद्देश्यसहित ‘जेनजी’ ले गरेको प्रदर्शनमा घुसपैठ गरेर लुटिएका हतियारहरू फिर्ता, प्रहरी र सुरक्षा निकायको मनोबल बढाउनुपर्नेमा जोड दिँदै उनले चुनावमा भाग लिने दलहरूलाई विश्वासमा लिइ आममतदातामा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने सुझाव दिए ।

कावा सभापति खड्काले सरकार चुनावको वातावरण बनाउन छोडेर पार्टीका नेताहरूमाथि पूर्वाग्रही तरिकाले लाञ्छना लगाउने, भ्रम सृजना गर्ने र अन्योललाई बढाउने काममा लागेको आरोप लगाए ।
कावा सभापति खड्काले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले चुनाव, पार्टीको अधिवेशन, वर्तमान परिस्थितिबारे उपयुक्त निर्णय गर्ने पनि बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया