|
|
२०८२ कार्तिक १६
1.1k views
ललितपुर । देशभरका सबै सरकारी कार्यालय आज (कात्तिक १६) देखि अपराह्न ४ बजेसम्म मात्र खुल्ने भएका छन्।
आइतबार सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार तीन महिनाका लागि (कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म) नेपाल राज्यभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्।
यो अवधिमा शुक्रबारको दिन भने ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ।
जाडो मौसममा दिनको उज्यालो छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको छ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया