२०८२ असार २६

डडेलधुरा । डडेलधुरामा सर्पले टोक्दा एक १३ वर्षीय किशोरको ज्यान गएको छ । सर्पको टोकाइबाट डडेलधुरा परशुराम नगरपालिका–७, सादनीका प्रकाश भट्टराईको मृत्यु भएको हो ।
आज (असार ५) बिहान शौचालय गएका बेला उनलाई सर्पले टोकेको इलाका प्रहरी कार्यालय जोगबुडका प्रमुख सुरेश रोकायाले जानकारी दिए । घटना पश्चात्
तत्काल अस्पताल पुर्याइए पनि उनको उपचारका क्रममा मृत्यु भएको हो ।
उनी स्थानीय शिवशंकर माध्यमिक विद्यालयका कक्षा–९ मा अध्ययनरत छात्र थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया