साँझ ७ बजेसम्म ५२ राजनीतिक दलले बुझाए धरौटी

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १४
|
1.1k views

ललितपुर - ललितपुर । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिन साँझ ७ बजेसम्म ५२ राजनीतिक दलले धरौटी बुझाएका छन् ।

निर्वाचन आयोगका अनुसार शीर्ष दलसहित ५२ दलले बन्दसूची बुझाउनु अघि ५० हजार रकम धरौटी रकम बुझाएका हुन् ।
दलहरुले धरौटी बुझाउदै गर्दा निर्वाचन आयोगमा केहि जेनजी युवाले नाराबाजी गरेका थिए ।

      उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै निर्वाचन धोका हो भन्दै नाराबाजी गरेका थिए ।

       पात्रो/राशिफल  रेडियो YouTube