सांसद जिते के बन्लिन् गोमा : महिला उम्वेदारमध्ये सबैभन्दा सुरक्षित

काठमाण्डौ २६ कार्तिक २०७९
नेपालमा के सम्भव छैन, लोकतन्त्रको सवै भन्दा सुन्दर पक्ष भनेको यही नै हो सबै कुरा सम्भव भै दिने । न सोचेको व्याक्ति राष्ट्रको सम्मानित पदमा पदासिन हुने । २०६५ सालमा डा। रामबरण यादव राष्ट्रपति हुँदा होस् या पछिल्लो पटक विद्यादेवी भण्डारी राष्ट्रपती हुँदा होस् । चर्चाका पात्र भन्दा फरक कोणवाट राष्ट्रपती, उपराष्ट्रपती, सभामुख र उपसभामुख बने । यसले लोकतन्त्र प्रति मानिसको आस्था बलियो बन्यो । जुनसुकै परिवार, वर्ग, लिङ्ग, जात र क्षेत्रको मान्छे सत्ताभोगको साझेदार वन्न सक्छ भन्ने विश्वास बढायो ।
अव कुरा गरौं महिला सहभागीता र सम्भावनाको
यो पटक प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको १६५ जनाको लागि देशभरवाट २४१२ जनाको उम्वेदवारी परेको छ । जसमा २२४ जना महिला छन् । ठुला पार्टीवाट भने निकै कम संख्यामा महिला उम्वेदार छन् । नेपाली काँग्रेसवाट ९१ जना उम्वेदार मध्ये ५ जना, माओवादीवाट ४६ उम्वेदार मध्ये ८ जना, एमालेवाट १३६ जनामा ११ जना र समाजवादी पार्टीवाट २१ जनामा १ जना, राप्रपावाट १४० उम्वेदवारवाट ७ जना र नयाँ चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीवाट १३१ जना उम्वेदवार मध्ये १२ जना महिला उम्वेदवार प्रत्यक्ष चुनावमा होमिएका छन् । यो तथ्याङ्कले उठेका उम्वेदवार मध्येको प्रतिशतका आधारमा मान्नेहो भने माओवादीले महिलालाई बढि स्थान दिएको देखिन्छ ।
कति सहज छ महिला उम्वेदार जित्नको लागि ?

GOma Gautam


देशभर उठेका २२४ जना उम्वेदारमध्ये काँग्रेस, माओवादी, समाजवादी र एमालेका महिला उम्वेदारको नै जितको वढी सम्भावना छ । रेखा थापा, सरिता गिरी, तोसीमा कार्की चर्चामा रहेका अरुपार्टीका उम्वेदार हुन्, तर पार्टी संरचना कमजोर छ । एमालेका महिला उम्वेदारले ५ दलिए वामलोकातान्त्रिक गठवन्धनको सामना गर्नु पर्नेछ । वामलोकतान्त्रिक गठवन्धनका उम्वेदारलाई भने तुलनात्मक रुपमा सहज रहेको छ । यसमा पनि काँग्रेसले उठाएका ५ वटा निर्वाचन क्षेत्रमा अनुभवी प्रतिस्पर्धी रहेका छन् ।
के हुन सक्छ माओवादी महिला उम्वेदवारको अवस्था ?
माओवादीले उठाएको ८ वटा महिला उम्वेदवार मध्ये सवैभन्दा उप्ठेरो अप्ठेरो काठमाण्डौं उपत्यकामा रहेका ५ उम्वेदवारलाई हुनेछ । उपत्यकामा माओवादीको संगठन कमजोर छ । यहाँ माओवादीलाई गठवन्धनको भरपुर सहयोग आवश्यक पर्नेछ ।
काठमाण्डौं १० मा माओवादी महिला उम्वेदार एक्लै लड्नु पर्नेछ । यहाँ काँग्रेसवाट राजन के।सी। छुट्टै उम्वेदार रहेका छन् । ललितपुरवाट उम्वेदार वनेकी पम्फा भुषालको लागि एमालेका अमृत खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीवाट तोसिमा कार्की लगायत ७ जना स्वतन्त्र र १२ जना पार्टी उम्वेदार चुनौतीका रुपमा रहेका छन् । ओनसारी घर्ति उठेको क्षेत्र काठमाण्डौं २ मा स्वतन्त्रको निकै चहलपहल छ । १९ जना विभिन्न पार्टीका उम्वेदवार र १२ जना स्वतन्त्र गरि ३१ जनाको कडा चुनौती छ ओनसारी घर्तिलाई । काठमाण्डौं ७ का युवा उम्वेदार मानुषि यामी ९सुस्मिता सिंह० भट्टराई लाई पनि अनुभवी एमाले उम्वेदार र स्थानिय रामविर मान्धर लागायत अन्य २६ जनाको चुनौती सामना गर्नु पर्नेछ ।
उपत्यका बाहिरको अवस्था
दाङवाट उम्वेदार रेखा शर्माको लागि लुम्विनीका प्रथम मुख्यमन्त्री तथा एमाले महासचिव शंकर पोख्रेलको सामना गर्नु परेको छ । स्थानिय चुनावमा दाङमा एमाले ले निकै राम्रो नतिजा हाँसिल गरेको अनुभव छ । ११ जना पार्टी उम्वेदार र ३ जना स्वतन्त्रको उम्वेदारी रहेको उनको निर्वाचन क्षेत्रमा रणनीतिक मानिएका शंकर पोख्रेल नै मुख्य चुनौति हुने आँकलन रहेको छ । कन्चनपुर १ वाट चुनाव लडेकी विना मगर संग ६ जना पार्टी उम्वेदार र ३ जना स्वतन्त्र उम्वेदारको चुनौती रहेको छ । यो हिसावले देशकै सवैभन्दा सुरक्षित महिला उम्वेदार जुम्लावाट गोमा गौतम कुँवरको रहेको छ ।
कसरी गोमा गौतम कुँवर सुरक्षित ?
सिंगो कर्णालीवाट प्रत्यक्ष तर्फ गोमा कुँवरले मात्र टिकट पाउनु जुम्लाका महिलाले निकै गौरव गरेको देखिन्छ । झण्डै आधा संख्यामा रहेका महिला मतदाताको लागि गोमा पहिलो रोजाई हुने छन् । अर्को तथ्य केहो भने, गएको स्थानिय चुनावमा जुम्लाका ८ वटा स्थानिय तहमा सवैदल एक्ला एक्लै लडेका थिए । जुम्लामा गठवन्धन थिएन । यस्तो अवस्थामा समेत काँग्रेसले आफ्नै वागी सहित ६ वटा पालिका र माओवादीले २ वटा तह जितेको थियो । यस तथ्यका आधारमा एमालेले कुनै पनि तह जित्न सकेन भने अहिले चर्चाको विषय वनेका ज्ञनेन्द्र शाहीको पार्टी राप्रपाको जिल्लाभर गरेर एक हजार मतपनि पाएन । ज्ञानेन्द्रका अभिव्यक्तिले जुम्ली बौद्धिक जमात झस्किएको छ । स्वयं पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले देश नेतृत्व गर्छु नभनेको वेला उनी कहिले प्रधानमन्त्री त कहीले अर्थमन्त्री बन्छु भनि रहेका छन् । संसदिय प्रणाली र अभ्यास बुझेको जनशक्ति जुम्लामा प्रसस्त रहेको छ । यसको प्रभाव पनि चुनावमा पर्दछ । १०३ जना शाखा अधिकृत, १२ जना उपसचिव ३ जना सहसचिव लगायत थुप्रै बौद्धिक र प्रशासनिक अनुभव भएका जनसंख्या भयको जुम्लाका नागरिक ज्ञानेन्द्र शाहीको अभिव्यक्तिलाई नजिकवाट हेरिरहेका छन् । बरु बौद्धिक व्याक्ति रमानन्द न्यौपाने उठेको भए राम्रो हुने जस्तो वहस सुरु भएको छ । यि वहस र अंकगणितका आधारमा काँग्रेस र माओवादीले मात्र क्लिन स्विप गरेको जिल्लामा अहिले एकिकृत समाजवादी लगायतको गठवन्धनको साथ पाएको माओवादी जित्नेमा ढुक्क छ । अन्य जिल्लामा जस्तो यहाँ उम्वेदारको संख्या पनि धेरै छैन । एक जनामात्र स्वतन्त्र उठेका उम्वेदारले पनि गोमा कुँवरलाई समर्थन गरि सकेका छन् । एमाले उम्वेदार आफ्नै गतिमा पार्टी विभाजनको अवस्थालाई पुर्नमिलन गरि वलियो उपस्थिती वनाउन रणनीतिक तरिकाले लागेको त देखिन्छ । तर, यो ढिलो भैसकेको देखिन्छ । यसले पनि गोमा कुँवरलाई फाईदा पुग्ने अनुमान लागाउन सकिन्छ ।
गोमा कुँवर चुनियमा के वन्ने सम्भावना छ ?
अवको चुनावपछी पनि यो गठवन्धन कायम रहेमा माओवादीले फेरी पनि सभामुख, उपराष्ट्रपती र मन्त्री परिषद्मा आफ्नो सम्मान जनक उपस्थिती जनाउने छ । यो अवस्थामा माओवादीको राम्रो प्रभाव रहेको क्षेत्र कर्णालीको उपस्थिती सदन, सरकार र संबैधानिक निकाएमा भएको खण्डमा गोमा कुँबर उपराष्ट्रपती, मन्त्री वा उपसभामुख हुने अनुमान कर्णालीमा चर्चा चलेको छ । जुम्लाको चुनावी सभामा माओवादी अध्यक्ष प्रचण्डले यो संकेत गरि सकेका छन् । माओवादी महिला उम्वेदार उठेको ८ वटा चुनाव क्षेत्र मध्ये यो सवै भन्दा सुरक्षित स्थान भएकोले पनि यस प्रकारका बहस सतहमा आएको पाइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया