काठमाडौँ जिल्ला अदालत काठमाडौँले सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । कालीमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा उहाँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष एवं सञ्चालक गितेन्द्रबाबु राईसमेत भएको ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा फरार निज राईलाई अदालतबाट तीन दिन म्याद थप अनुमति प्राप्त भई अनुसन्धान सुरु गरिएको छ ।” जिल्ला प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ, बूढानीलकण्ठ नगरपालिका–१० शिवमन्दिर कपनबाट शनिबार राति राईलाई नियन्त्रणमा लिएको प्रवक्ता बोहराले बताउनुभयो ।
सांसद राईलाई तीन दिन हिरासतमा राख्न अनुमति

Previous Articleनेपाललाई एक स्वर्ण, छ रजत र पाँच कास्यसहित १२ पदक
Next Article पाकिस्तानमा सुरक्षा बलद्वारा ५४ जना आतङ्ककारी मारिए