साङ्ग्रिला डेभलपमेन्ट बैंकको सीइओमा सुयोग श्रेष्ठ
काठमाडौं ८ भाद्र ।
साङ्ग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुयोग श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले चार बर्षका लागि श्रेष्ठलाई नियुक्त गरेको हो । श्रेष्ठ यसअघि तत्कालिन एस डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत थिए। ब्यवस्थापनमा स्नातक तथा चार्टर्ड एकाउन्टेन्ट समेत रहेका श्रेष्ठको हिमालयन बैकबाट करियर सुरु भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया