काठमाडौं २७, फागुन २०८०।
चालु आर्थिक वर्ष २०८०र०८१ को सात महिनामा नेपालमा ८ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थिति’अनुसार माघ महिनासम्ममा रेमिट्यान्स आय २१।६ प्रतिशतले बढेर ८ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आय २७।१ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९।१ प्रतिशतले बढेर ६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६।४ प्रतिशतले बढेको थियो