|
|
२०८२ कार्तिक २५
561 views
ललितपुर । । आगामी माघ ११ गते कार्यकाल सकिन लागेका निश्चल पाण्डेको स्थानमा सानिमा बैंकले पवन कुमार आचार्यलाई प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नियुक्त गरेको छ । आचार्य सानिमा बैंक स्थापनादेखि नै बैंकमा आवद्ध थिए । राष्ट्र बैंकबाट सानिमा बैंकको लाइसेन्स लिने भूमिका समेत आचार्यले निभाएका थिए । आचार्यले एमबीए गरेका छन् । आचार्यले एमबीएका साथै इन्जिनियरिङ पनि गरेका छन् ।
हाल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत आचार्यले १२ माघदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हाल्नेछन् । कात्तिक २४ गते सोमबार बसेको बैंकको सञ्चालक समिति बैठकले आचार्यलाई बैंकको आगामी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
















फेसबुकबाट तपाईको प्रतिक्रिया