२०८२ माघ १० | Jan 24, 2026

सानिमा बैंकको २१औं वर्ष पूरा

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २२
|
969 views

सानिमा बैंक लिमिटेडले २०८२ साल मंसिर २१ गते आफ्नो स्थापनाको २१औं वर्ष पूरा गरेको छ । बैंकले दुई दशकभन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा २१औं वार्षिकोत्सव मनाएको छ ।

यसै अवसरमा बैंकले आफ्नाग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई बैंकिङ्ग यात्राभर निरन्तर सहयोग प्रदान गर्नु भएकोमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ । बैंकको प्राङ्गणमा आयोजित एक कार्यक्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले बैंक २१ वर्ष पूरा भएकोमा बैंकका कर्मचारी, ग्राहक तथा सरोकारवालाहरुलाई बधाई ज्ञापन गर्दै सबै कर्मचारीहरुलाई संगै अघि बढेर बैंकको लक्ष्य प्राप्त गर्न सामूहिक प्रयासका लागि प्रोत्साहन गरे ।

सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२७ वटा एटिएम संचालनमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया