काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले ८ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ८८ करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।
सो शेयर खरिदका लागि ईलाम जिल्लाको ईलाम नगरपालिका वडा नं. १० (साविकको गोदक गा.वि.स. का १ देखि ९ नम्बर सम्मका वडाहरु), माईजोगमाई गाउँपालिका वडा नं. १ (साविकको नयाँ बजार गा.वि.स.का १ देखि ४ र ६ देखि ९ नम्बर वडाहरु) माई गोजमाई गाउँपालिका वडा नं. ३ र ४ (साविकको नाम्सालिङ्ग गा.वि.स.का १ देखि ९ नम्बरसम्मका वडाहरु तथा नयाँबजार गा.वि.स.को वडा नं. ५), सूर्योदय नगरपालिका वडा नं. १० (साविकको फिक्कल गा.वि.स. का ६ देखि ९ नम्बरसम्मका वडाहरु) तथा सूर्योदय नगरपालिका वडा नं. ११ (साविकको पञ्चकन्या गा.वि.स. का २, ६, ८ नम्बर वडाहरुका स्थायी बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
यसका साथै कम्पनीले २ करोड ९१ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख ९१ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
इच्छुक सर्वसाधारण लगानीकर्ताले सो आईपीओमा न्यूनतम १० कित्ताका र बढीमा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । साथै वैशाख ५ गतेबाट आवेदन खुल्ला गरेको कम्पनीको शेयर बैशाख १९ गते बन्द हुनेछ । यदि तोकेको समयसम्म आवेदकको संख्या नपुगेको अवस्थामा सो समयलाई लम्ब्याएर ढिलोमा जेठ ३ गते पु¥याइने कम्पनीले जनाएको छ । तर, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने बैशाख १९ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।