
नयाँ दिल्ली । अमेरिकाको सान फ्रान्सिस्कोबाट मुम्बईका लागि उडेको एयर इन्डियाको अर्को एउटा विमानको आपत्कालीन अवतरण गराइएको छ । विमानको एउटा इन्जिनमा प्राविधिक गडबडी भए पछि आज (मङ्गलवार) कोलकाताको नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई ओरालिएको हो ।
फ्लाइट एआई १८० निर्धारित समय अनुसार नै विमानस्थलमा आइपुगेको थियो । तर बायाँ इन्जिनमा प्राविधिक गडबडीका कारण उडान ढिलाइ भयो । लगभग ०५ः २० बजे सबै यात्रुहरूलाई विमानबाट ओर्लनका लागि ह्वीप गरियो । उडान सुरक्षाका लागि यो निर्णय गरिएको विमानका क्याप्टेनले यात्रुहरूलाई बताए ।
एयर इन्डियाको फ्लाइट एआई१८० निर्धारित समयअनुसार सान फ्रान्सिस्को विमानस्थलबाट उडेको थियो । तर, १२ः४५ बजे कोलकाता विमानस्थलमा आइपुग्दा यसको बायाँ इन्जिनमा प्राविधिक गडबडी देखियो । चार घण्टाभन्दा बढी समय पछि बिहान ५ः२० बजे मात्रै कोलकताको विमानस्थलमा सबै यात्रुहरूलाई ओरालियो ।
अहमदाबाद दुर्घटनापछि भारतमा त्रासको वातावरण पैदा भएको छ । एयर इन्डियाको उडान एआई–१७१ ले उडेको केही सेकेन्डमै बीजे मेडिकल कलेजको होस्टेल भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भए पश्चात् निरन्तर एयर इन्डियाको उडानमा त्रास थपिँदै गइरहेको छ । एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया