काठमाडौं । सामसुङ नेपालले ग्यालेक्सी एम१६ फाइभजी आफ्नो चर्चित एम सिरिजमा नयाँ मोन्स्टर डिभाइस एम१६ फाएभीजी सार्वजनिक गरेको छ । यो फोनमा स्टाइल र नविनताको उत्कृष्ट संयोजन रहेको छ । जसले हरेक प्रयोगकर्तालाई नयाँ सम्भावनाको ढोका खोल्ने कम्पनीको भनाई छ ।
यसमा सेग्मेन्ट अग्रणी ६.७ इन्चको एफएचडी सुपर एमोलेड डिस्प्ले, छ वर्षको ओएस अपग्रेड र सुरक्षा अपडेट पनि भएकोले एउटा नयाँ मापदण्ड नै स्थापित गरेको सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले बताए ।
नयाँ लाइनर ग्रुप क्यामरा मोड्युल, सन्तुलित र बोल्ड रंग संयोजन र ७ं९ एमएम स्लिम डिजाइनले यो डिभाइसलाई स्टाइलिस र ट्रेन्डी बनाएको छ । यो स्मार्ट फोन ब्लस पिंक (गुलाबी), मिन्ट ग्रिन (हरियो) र कालो रंगमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार यसमा भएको ५० एमपीको मुख्य क्यामरा, ५ एमपीको अल्ट्रा–वाइड, २ एमपीको म्याक्रो क्यामरा र १३ एमपीको फ्रन्ट क्यामराले उपभोक्ताको फोटो र सेल्फी अनुभवलाई अर्को स्तरमा पुर्याउने छ ।
५००० मिलिएम्पायर आवरको ब्याट्री र २५ वाटको फास्ट चार्जिङ सपोर्टले लामो समयसम्म ब्राउज, गेमिङ र बिन्ज–वाचिङ गर्न मिल्छ । ग्यालेक्सी एम–१६ फाइभजी नेपालभरका सामसङको आधिकारिक स्टोरहरूमा ६ जिबी र्याम र १२८ जिबी स्टोरेजको मूल्य २६ हजार ९९९ रूपैयाँ तोकिएको छ ।