
ललितपुर । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू शाक्यद्धारा लिखित लघुकाब्य पुस्तक ‘च्यातिएका पाना’सार्वजनिक गरिएको छ ।
पुस्तक विमोचन कार्यक्रममा गीतिभास्कर मच्छेश्वर सापकोटा प्रमुख अतिथि थिए भने प्रा डा उषा ठाकुर र डा. मधुसूदन लामिछानेको अतिथि रुपमा उपस्थिति थियो । हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कृष्णमणि कुइकेलले गरेका थिए ।
उक्त पुस्तक ‘च्यातिएका पाना’ लाई लेखक तथा साहित्यकार स्वयम्भू शाक्य, हरि मञ्जुश्री र डा मधुसूदन लामिछानेले सार्वजनिक गरेका थिए। ‘च्यातिएका पाना’ मा स्वयम्भु शाक्यले मर्मस्पर्शी कविताहरु समावेश गरेका छन् ।
शाक्यले आफनी आमाको निधन भएपछिको मनोब्यथालाई शब्दमा उतारेका छन् । नेपाली लघुकाब्यको शृखंलामा शाक्यको यस लघुकाब्यले पाठकबृन्दलाई बेग्लै अनुभुती गराउने छ । करुणरसले ओतप्रोत सो लघुकाब्य मार्फत शाक्यले साहित्य क्षेत्रमा थप योगदान दिएका छन् । ७० पृष्ठको पुस्तकमा ३४५ स्लोक बनाएर लघुकाब्यलाई पर्णता दिइएको छ ।
यसअघि गत बर्ष शाक्यले युगकवि सिद्धिचरणका कालजयी रचनाहरूको समीक्षा गरिएको पुस्तक ‘क्रान्तिका अग्रदूत युगकवि सिद्धिचरण’ बजारमा ल्याएका थिए भने सो पुस्तकले बजारमा राम्रै चर्चा कमाएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया