ललितपुर । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सिंहदरबारबाट लुटिएको सामग्री बागबजारस्थित एक कन्सल्टेन्सीमा फेला परेको छ । भदौ २४ गते देशैभर आगजनी र लुटपाटका क्रममा सिंहदरबारबाट लुटिएको केही सामग्री बागबजारस्थित कन्सल्टेन्सी सरल शिक्षा एकेडेमीबाट बरामद भएको छ । ।
गोप्य सूचनाका आधारमा प्रहरीले एकेडेमीमा शुक्रबार छापा मारेको हो। प्रहरीका अनुसार उक्त एकेडेमीमा सिंहदरबारको एउटा प्रिन्टर भेटिएको हो। प्रहरीले उक्त प्रिन्टरको मुचुल्का उठाई बरामद गरेको छ।
उक्त प्रिन्टर एकेमेडीका कर्मचारीले चोरी गरी ल्याएको प्रहरी अनुसन्धानमा खुलेको छ । यसअघि पनि उक्त एकेडेमीमा अर्को प्रिन्टर फेला परेको थियो । प्रहरीको उर्दीपछि उक्त सामग्री भने एकेमेडीले प्रहरी कार्यालयमा बुझाइसकेको छ ।
उषा भट्टले सञ्चालन गरेको उक्त एकेडेमीमा सिंहदरबारको सामग्री भेटिएपछि प्रहरीले एकेमेडीमाथि थप निगरानी बढाएको छ । तर, सञ्चालकलाई भने पक्राउ गरिएको छैन।

















फेसबुकबाट तपाईको प्रतिक्रिया