सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा जाजरकोटको कालीमाटीमा

काठमाण्डौ २६ पौष २०७७ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोट जिल्लाको नलगाड नगरपालिका, कालीमाटी बजारमा यहि पौष २४ गतेबाट १०७ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी अमर बहादुर बोहरा लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया