सिटिजन्स बैंकको सोह्रौं वार्षिक साधारणसभा कार्तिक ०४ गते हुने

काठमाण्डौ १७ अशोज २०७९

सिटिजन्स बैंकको सोह्रौं वार्षिक साधारणसभा २०७९ साल कार्तिक महिना ४ गतेका दिन अमृृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाण्डौमा बस्ने भएको छ । आ.व. २०७८÷७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल एवं लेखा परीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात र मिति २०७८-०४-०१ देखि २०७९-०३-३२ सम्मको नाफा नोक्सानको हिसाव तथा सोही अवधिको नगदप्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल लगायत सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार ९ प्रतिशतका दरले हुन आउने रु. १,२७,८०,८७,६६१ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने विषयहरु साधारण सभाका प्रस्तावहरु रहने भएका छन ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ४६ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया