२०८२ मंसिर २४ | Dec 10, 2025

सिटिजन्स बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १४
|
1.1k views

ललितपुर । काठमाडौँ सिटिजन्स बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डेको अध्यक्षतामा शुक्रबार साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तको एन.एफ.आर.एस बमोजिम तयार गरिएको वासलात, आव २०८१/८२ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरण छलफल भई स्वीकृत भएको छ ।

त्यसैगरी, साधारण सभाले गत आव २०८१/८२ को वितरण योग्य मुनाफाबाट २०८२ आषाढ मसान्तको चुक्तापुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार ९६६ को ५ प्रतिशतले हुने ७३ करोड ८४ लाख ५० हजार ६४८.३० बोनस सेयर कर प्रयोजनको लागि नगद लाभांश ०.२६३ प्रतिशतले हुने ३८ करोड ८६ लाख ५८ हजार २३।५९ सहित जम्मा ७७ करोड ७३ लाख १६ हजार ४७१.८९ लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

बैंकले आव ०६५/६६ बाट लगातार लाभांश वितरण गर्दै आएको छ । बैंकको १९ वर्षको औसत लाभांश १०.४० प्रतिशत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया