२०८२ मंसिर २४ | Dec 10, 2025

सिटिजन्स बैंकद्वारा डिजिटल मैत्री “सिटिजन्स डिजीबैंक सेवा” सञ्चालनमा

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर ९
|
714 views

ललितपुर । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले डिजिटल बैंकिङ्गको क्षेत्रमा एक रणनीतिक पहल गर्दै “सिटिजन्स डिजीबैंक” नामक एकीकिृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । छरिएर रहेका विभिन्न डिजिटल सेवाहरुलाई एउटै च्यानल मा केन्द्रीत गरी बैंकका ग्राहकहरुलाई वेब र मोबाइल मार्फत सहजिकरण गर्नु यसको मुख्य उद्देश्य हो । सेवा प्रवाह अझ छिटो र छरितो बनाई यस प्लेटफर्मले बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ सुदृढ र अन्तरक्रियात्मक बनाउने विश्वास बैंकले लिएको छ । यो सुविधा बैंकको आधिकारिक वेबसाइट https://www.ctznbank.com/ वा मोवाईल बैंकिङ्ग एप ९ सिटिजन्स स्मार्ट (मार्फत) प्रयोग गर्न सकिनेछ ।

पहिलो चरणमा, यस प्लेटफर्ममा हाल बैंकका ५० वटा विद्यमान डिजिटल सेवाहरु ९जस्तैस् अनलाइन खाता खोल्ने, पान अपडेट, राष्ट्रिय परिचयपत्र अपडेट, लकर आवेदन, टिडियस् सर्टिफिकेट माग, साथै विभिन्न डिम्याट, मोबाइल बैंकिङ्ग तथा कार्ड सम्बन्धी सेवाहरु० उपलब्ध गराइएका छन् । डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई नवीनतम सेवाहरु दिने लक्ष्यका साथैे भविष्यमा यस प्लेटफर्ममा थप सेवाहरु समावेश गर्दै यसलाई अझ सशक्त बनाउदैे लैजाने बैंकको प्रतिबद्धता रहेको छ ।

हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा ल्याएको छ । “विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ, फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता शुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ५४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया