२०८२ पुष ३० | Jan 14, 2026

सिटी एक्सप्रेस मनि ट्रान्सफरको ‘१८औँ वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौँ गुणा’ योजनाको विजेता घोषणा

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र १२
|
153 views

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले “१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा” योजना अन्तर्गत बम्पर उपहार विजेताको नाम घोषणा गरेको छ । विजेता कोरियामा रोजगार निराजन ढकाल हुन् । ढकालले कोरियाको जि मनि ट्रान्स मार्फत सिटी एक्सप्रेसमा आफ्नी आमा निर्मला तिवारीलाई रेमिटान्स पठाउदा “१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा” योजना अन्तर्गत पठाएको रकमको १८ गुणा गरी रु. ७५४,३६२ जित्न सफल भएका छन् । उक्त रकम आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रममा नेपाली चर्चीत हास्य कलाकार साथै सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थितिमा विजेता घोषणा गरिएको थियो ।

यस योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टि भी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही रु ५०० को सिटी पे वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो ।

जसअन्तर्गत १६२० जनाले दैनिक उपहार (रु ५०० को वालेट टप् अप), २४ जनाले साप्ताहिक उपहार (सामसुङको स्मार्ट टि भी) र ६ जनाले मासिक उपहार (सामसुङको स्मार्ट फोन) जित्न सफल भएका छन् ।

सोही कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरबाट सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीे सेवा लिनुका साथै सिटी पे बाट रेमिटेन्स भुतmानी समेत गर्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया