२०८२ माघ २९ | Feb 12, 2026

सिद्धार्थ बैंकको सीईओमा बस्याल नियुक्त

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २८
|
1.1k views

ललितपुर । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा रामेश्वरप्रसाद बस्याल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले बस्याललाई चार वर्षे कार्यकालका लागि सिइओ नियुक्त गरेको हो।


बस्याल बैंकिङ क्षेत्रमा ३६ वर्षभन्दा बढी अनुभव भएका अनुभवी ब्यक्ति हुन्। उनले यसअघि नबिल बैंक र सिद्धार्थ बैंकमा विभिन्न वरिष्ठ नेतृत्व पदहरूमा काम गरिसकेका छन्।


बैंकका एक अधिकारीले बताएअनुसार, बस्यालको नेतृत्वमा बैंकले आगामी दिनमा वित्तीय सेवा विस्तार, डिजिटल बैंकिङ सुधार र ग्राहक सेवा प्रवर्द्धनमा जोड दिनेछ।


सिद्धार्थ बैंकले आफ्नो रणनीति र व्यवस्थापन सुधारको उद्देश्यअनुसार बस्यालको अनुभव र नेतृत्वलाई निर्णायक भूमिका दिन लागेको उल्लेख गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया