सिन्धुपाल्चोकमा वैदेशिक रोजगारीमा जाने महिला बढ्दो

BusinessPati बिजनेस पाटी
|
२०७६ श्रावण १३
|
357 views

ललितपुर - वैदेशिक रोजगारीमा लैजाने निहुँमा धेरै महिलाहरुको वेचबिखन हुने गरेका घटनाहरु बढिरहेका छन्। सिन्धुपाल्चोकमा पछिल्लो पटक १६ देखि ४५ वर्षका विदेश जाने महिलाहरुको संख्या ह्वात्तै बढेको छ । अर्काको देखासेखी‚ छिट्टै धनी बन्ने रहर र प्रलोभनमा परी विदेश जाने मोह निरक्षर सिन्धु चेलीमा बढ्दो छ । गाउँका दिदीबहिनी पासपोर्ट बनाउन किन आउँछन् ? वैदेशिक रोजगारीमा मोह बढ्नुको कारण के हो भन्ने बारे सिन्धुपाल्चोक जिल्ला प्रशासनका प्रशासकीय अधिकृत भीमबहादुर बस्नेतले रेडियो सिन्धुको पाक्षिक कार्यक्रम माइतीको सन्देश मा कार्यक्रम सञ्चालिका कमला पाख्रिनलाई दिनुभएको अन्तर्वार्ताको अंश :

गाउँका दिदी बहिनी पासपोर्ट बनाउन किन आउँछन् ?

    अर्काको देखासेखी‚ छिट्टै धनी बन्ने रहर र प्रलोभनमा परी विदेश जान पासपोर्ट बनाउन आउँछन् । सीप सिकेर बुझेर जानुपर्छ परिवारमा सल्लाह गरेर विदेश जानुपर्छ भनेर दैनिक सल्लाह दिने गरेको छु ।

    खाडी राष्ट्रमा दैनिक जसो राहदानी बनाउन जिल्ला प्रशासन सिन्धुपाल्चोक आउने पुरुष महिलाको संख्या कति छ ?

    लगभग २० देखि ३० जना आउनु हुन्छ । महिला र पुरुषको संख्या बराबरी छ । द्रुत गतिको राहदानीका लागि २० देखि ३० जना नै हुन्छन् ।

    कुन समुदायका बढी राहदानी बनाउन आउँछन् ?

    शेर्पा र       तामाङ समुदायकै दिदीबहिनीहरु आउनुहुन्छ । उहाँहरुलाई वैदेशिक रोजगारी बारे ज्ञानै छैन। देखासेखी गरेर अरुको प्रलोभनमा परेर विदेश जाने गर्नुभएको छ ।

    खाडी मुलुकमा जाने महिला दिदीबहिनीहरुलाई परामर्श दिनु हुँदो रहेछ जुन तपाइँकोकाम होइन केबाट प्रेरित भएर सो काम गर्नुभएको हो ?

    वैदेशिक विभागमा जागिर खाँदा निलडाम लिएर आउने महिलाहरु देखेर म चासो दिने गरेको हो ।

    सिन्धुपाल्चोकबाट वैदेशिक रोजगारीमा जाने धेरै हुनुहुन्छ उहाँहरु वैदेशिक रोजगारीमा जान चाहनुको कारण के होला ?

    मुख्य रुपमा देखासेखी गरेर अरुको लहलहैमा लागेर विदेश जाने बढी छन् । बाबुले छोरीहरुलाई श्रीमानले श्रीमतिहरुलाई वैदेशिक रोजगारीमा जान उक्साउनु हुन्छ ।

    तपाइँसँग रिसाएर पछि फर्केर आउनेलाई के भन्नु हुन्छ ?

      परामर्श दिँदा केही रिसाएर जान्छन् पछि फर्केर आउँदा सरले भनेको ठीक छ भन्दा आफूलाई खुशी लाग्छ।

      वैदेशिक रोजगारीलाई आम्दानीको श्रोतका रुपमा लिने गरिन्छ जोखिमलाई विचार गरिन्न सहिबाटो र गलत बाटो बारे बुझाइदिनुन ?

      अरुको लहैलहैमा नजाने तालिम लिने बुझेर मात्र जाने । अरुको उक्साहटमा जाने नेपालको बाटो नभइ जानेकुरा गलत हो । श्रम स्वीकृति लिएर जानुपर्छ ।

      तपाइँ नभएपनि परामर्शको काम पछिसम्म जारी रहन्छ ?

      अरुको मनमा कसरी पस्नु र त्यो त त्यसै भन्न सक्दिन ।

      वैदेशिक रोजगारीमा श्रमती पठाउने धेरै छन् उहाँहरुलाई के भन्नुहुन्छ ?

      नेपाल मै सबै थोक छ । यहीँ केही गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

      नेपालमै के गर्न सकिन्छ ?

      पर्यटन रोजगारी पसल आदी सम्भावना खोज्नुपर्छ ।

      जिल्ला प्रशासन कार्यालयमा अनलाइन सेवा कसरी दिइरहनु भएको छ ?

      डाटा प्रणालीबाट सहज रुपमा सेवा सुविधा सरल छिटो दिइरहेका छौ ।

      धन्यवाद

       पात्रो/राशिफल  रेडियो YouTube