वैदेशिक रोजगारीमा लैजाने निहुँमा धेरै महिलाहरुको वेचबिखन हुने गरेका घटनाहरु बढिरहेका छन्। सिन्धुपाल्चोकमा पछिल्लो पटक १६ देखि ४५ वर्षका विदेश जाने महिलाहरुको संख्या ह्वात्तै बढेको छ । अर्काको देखासेखी‚ छिट्टै धनी बन्ने रहर र प्रलोभनमा परी विदेश जाने मोह निरक्षर सिन्धु चेलीमा बढ्दो छ । गाउँका दिदीबहिनी पासपोर्ट बनाउन किन आउँछन् ? वैदेशिक रोजगारीमा मोह बढ्नुको कारण के हो भन्ने बारे सिन्धुपाल्चोक जिल्ला प्रशासनका प्रशासकीय अधिकृत भीमबहादुर बस्नेतले रेडियो सिन्धुको पाक्षिक कार्यक्रम माइतीको सन्देश मा कार्यक्रम सञ्चालिका कमला पाख्रिनलाई दिनुभएको अन्तर्वार्ताको अंश :
गाउँका दिदी बहिनी पासपोर्ट बनाउन किन आउँछन् ?
अर्काको देखासेखी‚ छिट्टै धनी बन्ने रहर र प्रलोभनमा परी विदेश जान पासपोर्ट बनाउन आउँछन् । सीप सिकेर बुझेर जानुपर्छ परिवारमा सल्लाह गरेर विदेश जानुपर्छ भनेर दैनिक सल्लाह दिने गरेको छु ।
खाडी राष्ट्रमा दैनिक जसो राहदानी बनाउन जिल्ला प्रशासन सिन्धुपाल्चोक आउने पुरुष महिलाको संख्या कति छ ?
लगभग २० देखि ३० जना आउनु हुन्छ । महिला र पुरुषको संख्या बराबरी छ । द्रुत गतिको राहदानीका लागि २० देखि ३० जना नै हुन्छन् ।
कुन समुदायका बढी राहदानी बनाउन आउँछन् ?
शेर्पा र तामाङ समुदायकै दिदीबहिनीहरु आउनुहुन्छ । उहाँहरुलाई वैदेशिक रोजगारी बारे ज्ञानै छैन। देखासेखी गरेर अरुको प्रलोभनमा परेर विदेश जाने गर्नुभएको छ ।
खाडी मुलुकमा जाने महिला दिदीबहिनीहरुलाई परामर्श दिनु हुँदो रहेछ जुन तपाइँकोकाम होइन केबाट प्रेरित भएर सो काम गर्नुभएको हो ?
वैदेशिक विभागमा जागिर खाँदा निलडाम लिएर आउने महिलाहरु देखेर म चासो दिने गरेको हो ।
सिन्धुपाल्चोकबाट वैदेशिक रोजगारीमा जाने धेरै हुनुहुन्छ उहाँहरु वैदेशिक रोजगारीमा जान चाहनुको कारण के होला ?
मुख्य रुपमा देखासेखी गरेर अरुको लहलहैमा लागेर विदेश जाने बढी छन् । बाबुले छोरीहरुलाई श्रीमानले श्रीमतिहरुलाई वैदेशिक रोजगारीमा जान उक्साउनु हुन्छ ।
तपाइँसँग रिसाएर पछि फर्केर आउनेलाई के भन्नु हुन्छ ?
परामर्श दिँदा केही रिसाएर जान्छन् पछि फर्केर आउँदा सरले भनेको ठीक छ भन्दा आफूलाई खुशी लाग्छ।
वैदेशिक रोजगारीलाई आम्दानीको श्रोतका रुपमा लिने गरिन्छ जोखिमलाई विचार गरिन्न सहिबाटो र गलत बाटो बारे बुझाइदिनुन ?
अरुको लहैलहैमा नजाने तालिम लिने बुझेर मात्र जाने । अरुको उक्साहटमा जाने नेपालको बाटो नभइ जानेकुरा गलत हो । श्रम स्वीकृति लिएर जानुपर्छ ।
तपाइँ नभएपनि परामर्शको काम पछिसम्म जारी रहन्छ ?
अरुको मनमा कसरी पस्नु र त्यो त त्यसै भन्न सक्दिन ।
वैदेशिक रोजगारीमा श्रमती पठाउने धेरै छन् उहाँहरुलाई के भन्नुहुन्छ ?
नेपाल मै सबै थोक छ । यहीँ केही गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।
नेपालमै के गर्न सकिन्छ ?
पर्यटन रोजगारी पसल आदी सम्भावना खोज्नुपर्छ ।
जिल्ला प्रशासन कार्यालयमा अनलाइन सेवा कसरी दिइरहनु भएको छ ?
डाटा प्रणालीबाट सहज रुपमा सेवा सुविधा सरल छिटो दिइरहेका छौ ।
धन्यवाद