
ललितपुर। बजारमा सिमेनट र डन्डीको मूल्य घटेको छ । उद्योगीहरुले साउन १ गतेदेखि लागू हुने गरी निर्माण सामग्री अन्तर्गतको मुख्य दुई सामग्री सिमेन्ट र डन्डीको भाउ घटाएका छन् ।
सिमेन्टमा प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म मूल्य घटेको छ भने डन्डीको मूल्यमा पनि किलोको ५ रुपैयाँको दरले घटेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका जनाएको छ ।
यसै सन्दर्भमा विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पछिल्लो समय बजारमा सिमेन्ट र डन्डीको माग घटेको र उद्योगमा लोडसेडिङ नहुँदा उत्पादन लागत समेत घटेका कारण उत्पादन वृद्धि भएको कारण मूल्य घटाएको बताएका छन् ।
विगतका दिनमा उद्योगले दैनिक १२ घण्टासम्म लोडसेडिङको मार खेप्नु परेको थियो । जसले उत्पादन लागत बढाएको सोही मूल्य बढाउनु परेको उद्योगीहरु बताउँछन् ।
मूल्य घट्नुको अर्को कारण भने बर्खाको समयमा निर्माण कार्य कम हुन्छ । निर्माण कार्य कम हुने हुँदा सिमेन्ट र डन्डीको माग पनि कम हुन्छ । माग कम भएपछि बर्खाको समयमा निर्माण सामग्रीको भाउ घट्ने गर्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया