काँक्रेविहार (सुर्खेत), २५ चैत : जाजरकोटको जुनिचाँदे गाउँपालिका–६ की ३० वर्षीया राजुकमारी शाहीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उहाँलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । सुत्केरीपछि अत्यधिक रक्तश्राव भएका कारण प्राथामिक स्वास्थ्य केन्द्र जुनिचाँदे गर्खाकोटमा उपचार सम्भव नभएपछि शाहीलाई थप उपचारका लागि सुर्खेत ल्याइएको हो । उहाँ यही चैत २३ गते सुत्केरी हुनुभएको थियो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत शाहीलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले जानकारी दिनुभयो ।
सुत्केरीको हेलिकप्टबाट उद्धार

Previous Articleमुख्यमन्त्री कप भलिबल : सुदुरपश्चिमद्वारा लुम्बिनी पराजित
Next Article कनकासुन्दरीमा निःशुल्क आँखा शिविर सम्पन्न