२०८२ असार २६

ललितपुर । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। पछिल्लो समय सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । आज साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ४०० रुरुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९७ हजार १०० रुपैयाँ कारोबार भएको थियो । पछिल्ला दिन सुनको मूल्य निरन्तर बढिरहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य स्थिर छ । गत शुक्रबारको बजारमा कायम भएको मूल्यलाई आधार मानेर चाँदीको कारोबार हुने भएको हो । आइतबार चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भईरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया