ललितपुर । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार तोलमा एकचोटी तीन हजार रुपैयाँले घटेको सोमबार भने तोलामा १०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार चाँदी प्रतितोला दुई हजार १४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।